मुद्दति निक्षेपमा १ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक |
काठमाडौं । राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १८ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा २२ करोड ९७ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ