९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकद्वारा कारवाही |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेपछि प्रभु बैंक, बैंक अफ काठमान्डू, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई सचेत गराएको छ ।
यता, कृषि विकास बैंकले सम्पति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै केन्द्रीय बैंकले २० लाख रुपैयाँ जरीवाना गरेको छ ।
यस्तै, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै हिमालयन बैंक, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकका सीइओहरुलाई सचेत गराएको छ ।
साथै, सनराइज र मेगा बैंकले आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेपछि केन्द्रीय बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ ।