एम्बाप्पे चम्किँदा फ्रान्स विजयी, अर्को चरणमा स्थान सुरक्षित |
काठमाडौं । शनिबार राति ९ः४५ बजे भएको भएको फ्रान्स र डेनमार्क बीचको खेलमा फ्रान्स विजयी भएको छ। चर्चित खेलाडी किलियन एम्बाप्पे चम्किएसँगै फ्रान्स विजयी भएको हो।
एम्बाप्पेले दुई गोल गर्दै डेनमार्क विरुद्धको खेलमा फ्रान्सलाई २–१ ले जीत दिलाएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलमा, एम्बाप्पेले ६१ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटमा नै डेनमार्कका आन्द्रेस क्रिस्टिनसनले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए। खेलको ८६ औँ मिनेटमा पुनः एम्बाप्पेले गोल गरे। जुन खेलको निर्णाय गोल बन्न पुग्यो।
जितसँगै फ्रान्सले अर्को चरणमा आफ्नो स्थान सुरक्षित बनाएको छ। ६ अंकसहित फ्रान्स समूह डि को शीर्ष स्थानमा छ। सोही दिन भएको अर्को खेलमा ट्युनेशियालाई १–० ले पराजित गरेको अष्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ। उसले अर्को खेलमा डेनमार्कको सामना गर्नेछ। सो खेल बराबरीमा मात्र सकिएपनि अष्ट्रेलिया अर्को चरणमा पुग्नेछ।