विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन-कुन टिम आमनेसामने हुँदैछन् ? |
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने पहिलो खेलमा वेल्स र इरान आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार ४ः१५ बजे सुरु हुनेछ ।
त्यस्तै, आज हुने दोस्रो खेलमा आयोजक कतार र सेनेगल भिड्नेछन् । अल थुममा स्टेडियममा हुने समूह ’ए’ को खेल नेपाली समयअनुसार ६ः४५ बजे सुरु हुनेछ
आज हुने तेस्रो खेलमा नेदरल्यान्ड र इक्वेडर भिड्नेछन् । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार ९ः४५ बजे सुरु हुनेछ ।
यस्तै, आजै हुने अन्तिम खेलमा अमेरिका र इङ्ल्याण्ड आमनेसामने हुनेछन् । अल बायत स्टेडियममा समूह ’बी’ को यो खेल राति पौने १ बजे सुरु हुनेछ ।