सुनील शर्माको नोवेल मेडिकल कलेज तेस्रोपटक सर्वाधिक आयकर तिर्ने संस्थाबाट सम्मानित |

काठमाडौं । डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको बिराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक वर्ष २०७७ /७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो।
कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो । नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.भागेन्द्रप्रसाद उपाध्यायले राम्रो सेवा दिदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
जनतालाई गुणस्तर सेवासँगै राज्यलाई सबैभन्दा कढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ । उपाध्यायले भने– ‘सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको विषय हो’ डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमानदारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाई कायम राख्नेगरि काम गर्ने बताए ।
नोबेल मेडिकल कलेज विराटनगर यस अघि पनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने संस्थाको रुपमा सरकारबाट सम्मानित भइसकेको छ।