कुमारी बैंक सञ्चालक समितिले पारित गर्यो एनसीसीसँगको स्वाप रेसियो |
काठमाडौं । कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित गरेको छ । मर्जर कमिटीले तय गरेको १ बराबर १ को हैसियमा मर्जर गर्ने सहमतिलाई कुमारीको संचालक समिति बैंकले अुनमोदन गरेको हो ।
कुमारी बैंकको सञ्चालक समितिले १ बराबर १ को अनुपातमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकसँग मर्जरमा जाने निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिइएको छ । गत असोज ६ गते कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जानको लागि प्रारम्भिक सहमति भएर संयुक्त मर्जर समिति बनाइएको थियो ।
कुमारी र एनसीसी बैंक मर्जरमा गएपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ भने निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ निक्षेप हुनेछ । यस्तै, कर्जा भने २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हुनेछ ।