राेयल ब्लूद्वारा विश्व कप प्रदर्शन गर्न युवा क्लबहरूसँग सम्झौता |
काठमाडौं । नेपालमा वर्ड कप फिभर सुरु भइसकेको छ । सागर डिस्टिलरीकाे राेयल ब्लू(Royal Blue)ले विश्व कप खेल विभिन्न स्थानमा प्रदर्शन गर्न काठमाडौंका युवा क्लबहरूसँग सम्झौता गरेको छ।
राेयल ब्लूले यी स्थानहरूमा "राेयल ब्लू" प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ जहाँ एक भाग्यशाली विजेताले थाइल्याण्ड यात्रामा जाने मौका पाउनेछन्।
मार्केटिङ प्रमुख ऋतिक शाहीले स्थानीय समुदायहरूले आफ्ना साथीहरू र परिवारसँग वर्ल्डकप स्क्रिनिङको आनन्द लिइरहेका छन् र उनीहरू थाइल्याण्ड छुट्टी यात्रा जित्ने मौका पाउँदा उत्साहित भएकाे बताएका छन् ।