रियलमी नार्जो सिरिजको नयाँँ मोडल ‘नार्जो ५० आई प्राइम’ नेपालमा उपलब्ध |
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज ‘रियलमी नार्जो ५० आई प्राइम’ थपेको छ।
यसले नार्जोको स्टाइलिस डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ।
लन्चका बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘नार्जो सिरिजको नयाँँ सदस्यका रुपमा रियलमी नार्जो ५० आई प्राइमलाई लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो। त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो।’
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस फोन नार्जो ५०आई प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ। यसको पावरफुल युनिसक टी६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्छ।
एउटा ब्रान्डका रुपमा रियलमीले आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधिहरु प्रयोग गर्न तत्पर छ। ‘रियलमी नार्जो ५० आई प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ’, गिरीले भने।
प्रयोगकर्तालाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आई प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसका साथै यो मूल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ।
८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ। भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ। यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ।
यसमा ब्लत्गत्ग बेन्चमार्क २०९८३२ को पावरफुल युनिसक टी६१२ प्रोसेसर रहेको छ।
त्यस्तै यसमा भएको २.२ हाई स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ। सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपिको एआइ क्यामरा राखिएको छ।
त्यस्तै यसमा रहेको ५००० एमएएचको शक्तिशाली ब्याट्री स्ट्यान्ड बाई मोडमा ४५ दिनसम्म टिक्न सक्छ। ३ जीबी र्याम र ३२ जीबी रोम भएको सेटको मूल्य रु. १४ हजार ४९९ रहेको छ भने ४ जीबी र्याम र ६४ जीबी रोम भएको सेटको मूल्य रु. १५,९९९ रहेको छ। यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन्।