राधी विद्युत कम्पनीले कसरी बढायो नाफा ? |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा यसको खुद नाफा १४.१९% ले बढेर २ करोड ५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
गत वर्षको यसैअवधिमा यसले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने ४ करोड १० लाख रुपैयाँबाट घटेर ४ करोड ९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याको कारण त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको जनाएको छ ।
यता, कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी बढेको छ भने सञ्चालन खर्च कटौटी भएको छ । गत वर्ष ७ लाख २० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष बढेर १० लाख ६२ रुपैयाँ भएको छ । यता, गत वर्ष ७१ लाख ७२ हजार रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष घटेर ६५ लाख ८२ हजारमा झरेको छ । यसले गर्दा नाफा बढ्न पुगेको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ५५ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा छ ।