बरुण हाइड्रोपावरको नाफा १०.८६% ले घट्यो |
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ८८ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ९९ लाख ६४ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा नाफा १०.८६% ले कम हो । असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १८.२१% ले बढेर ३ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा ७.३५% ले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ करोड ९८ लाख रुपैयाँ थियो । वित्तीय खर्च बढ्नाले यसको नाफा प्रभावित बनेको हो ।
बरुणको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहको छ । रिटेन अर्निङमा ८२ लाख २४ हजार रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५६ पैसा छ ।