जाल्पा लघुवित्तको वित्तीय अवस्था कस्तो छ ? |
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले १ अर्ब ९० करोड ३७ लाख रुपैयाँ सापटी लिएको छ भने ५ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले २ अर्ब ६० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।
असोज मसान्तसम्म सञ्चालन नाफा १ करोड ३२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्ष उक्त नाफा ९ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको थियो । यता, खुद ब्याज आम्दानी भने १६.६०% ले बढेर ९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
प्रोभिजनको रकम ९२७% ले बढ्दा यसको नाफामा प्रभाव परेको हो । संस्थाले ३ करोड ६२ लाख ७४ हजार रुपैयाँ प्रोभिजन बापत छुट्याएको छ । यता, यसले १ करोड २२ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
जाल्पाको चुक्ता पुँजी १६ करोड रुपैयाँ छ । जगेडा कोषमा ३८ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसा नोक्सानमा छ ।
संस्थाको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा छ । यसको निष्कृय कर्जा अनुपात ३.६१% कायम भएको छ । जाल्पाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरघनीहरुलाई ७३% बोनस र ३.८४% नगद लाभांश गरी कुल ७६.८४% लाभांश घोषणा गरेको छ ।