सहकारी बचतकर्ताको गुनासो बढेपछि बालेनले गरे अनुगमन समिति गठन गर्ने प्रस्ताव |
काठमाडौं । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको छ । मंगलबार आयोजित महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख बालेन्द्र (बालेन) शाहले उक्त प्रस्ताव गरेका हुन ।
काठमाडौं महानगरपालिकाले महानगरमा सञ्चालित सहकारी संस्थाको अनुगमनका लागि समिति गठन गर्ने भएको छ । काठमाडौं उपत्यकामा सञ्चालित सहकारीहरूको विगत लामो समयदेखि अनुगमन नभएकाले महानगरले चार्टर्ड एकाउन्टेन्ट (सीए) को नेतृत्वमा समिति गठन गर्न लागेको हो । काठमाडौंमा करिब १९ सय सहकारी रहेको बालेनले बताए ।