हिमालयन डिस्टिलरीको नाफामा सामान्य वृद्धि |
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा २.१२% ले धेरै हो । गत वर्ष यही अवधिमा यसले २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म सञ्चालन आम्दानी १२.२९% ले बढेर १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब २३ करोड १० लाख रुपैयाँ रहेको थियो । यसको अन्य आम्दानी ३४ लाख ११ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा २.४४% ले बढेर ३० करोड ३७ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी बढ्दा यसको नाफा पनि बढ्न सहयोग पुगेको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा ले बढेर ५६ रुपैयाँ ८४ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ७३ पैसाले घटेर २०१ रुपैयाँ ६४ पैसामा झरेको छ ।