सूर्या लाइफ र ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धी प्रस्ताव पारित |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सम्पन्न भएको छ । आज कार्तिक २८ गते सपन्न दुबै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, विराटनगरमा चौधौँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । यस्तै ज्योति लाइफ इन्स्योरेन्सले भने वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड, पोखरामा पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
दुबै कम्पनीको सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको छ । सभाले सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्ज हुने मर्जरपश्चात बन्ने जीवन बीमा कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
दुबै कम्पनी गाभिए पश्चात बनेको नयाँ कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं। ७, विराटनगर, मोरङ्ग, प्रदेश नं। १ मा रहने प्रस्ताव पनि पारित गरेको छ ।
मर्जर प्रयोजनार्थ यी दुई इन्स्योरेन्सको शेयर कारोबार असार १३ गतेदेखि रोक्का रहेको छ ।