राष्ट्रिय बीमा कम्पनीको नाफा घट्यो |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ११४.८९ प्रतिशतले बढेर १५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ७ करोड ८४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १३७९ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ६३३.१८ गुणा रहेको छ ।