अरुण काबेलीको विद्युत बिक्री बढे पनि घट्यो नाफा |
काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा १३ करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा नाफा २८.०४% ले कम हो ।
असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने ३.११% ले बढेर २७ करोड ५१ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा ९.७७% ले घटेर २२ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २४ करोड ९५ लाख रुपैयाँ थियो ।
सञ्चालन नाफा घट्नाले यसको खुद नाफा पनि प्रभावित भएको हो । साथै, कम्पनीको खर्च पनि बढेको छ ।अरुणको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा ३० करोड ८० लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ६१ पैसा छ ।