युनियन हाइड्रोपावरको नाफामा सामान्य सुधार |
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १ करोड ४४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा १ करोड ३३ लाख ८७ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ७.७६% ले धेरै हो । असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५.२२% ले बढेर २ करोड ८५ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्नाले यसको नाफामा केही सुधार देखिएको हो ।
कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहको छ । जगेडा कोष ३३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५५ पैसा छ ।