इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त |
काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनएमबि क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।
यो हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । नेप्सेमा यसको सेयर सूचीकृत हुन बाँकी छ ।