युनिलिभर नेपालले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने |
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २० गते मंगलबार २९ औँ वार्षिक साधारण सभा डाकेको हो।
सो सभा होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजु शुरु हुनेछ।
सभाले प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानका प्रस्ताव, नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।