मिर्मिरे लघुवित्तको खुद नाफा ४९.३८% ले घट्यो |
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९.३८% ले थोरै हो ।
गत वर्ष यसले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने ३.६०% ले बढेको छ । तर, यसको सञ्चालन नाफा भने ४९.३९% ले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।
गत वर्ष ५८ रुपैयाँ ५८ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ । हाल चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने २% बाट बढेर ३.४७% भएको छ ।