ज्योति लाइफको खुद बीमाशुल्क एक अर्ब नजिक |
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफा पनि १३३.२८ प्रतिशतले बढेर २१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ८१ लाख रुपैयाँ र बीमालेख धितोमा ९२ करोड २३ लाख रुपैयाँ लगानी गरी २ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीले १०९ वटा दाबी बापत ८ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९९ वटा दाबी बापत ६ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।