एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को सूचीकरण गर्ने सम्झौता |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड २१ लाख सामूहिक लगानी कोष इकाईको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को सूचीकरण गर्ने सम्झौता भएको छ । कम्पनीको दोश्रो बजार कारोबारकालागि उक्त धितोपत्रको सिम्बल एनएसआईएफ २ (Symbol NSIF2) कायम गरिएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत् १२ करोड २१ लाख ईकाई धितोपत्र खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२ करोड २१ लाख इकाई धितोपत्र सामूहिक लगानी कोष वितरण भई स्टक एक्सचेन्जमा धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम कात्तिक १७ गतेको निर्णय अनुसार स्टक एक्सचेन्जमा सूचीकरण गरिएको हो ।
सूचीकरण सम्झौता सम्पन्न भएको दोश्रो दिनबाट स्टक एक्सचेन्ज लिमिटेडमा उकत कम्पनीको धितोपत्रको दोश्रो बजारको कारोबार सुरु हुनेछ ।