एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन– ‘एस् इग्नाइट’ |
काठमाडौं । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गर्ने भएको छ।
कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ। ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।
ह्याकथनको बारेमा बोल्दै प्रज्वल श्रेष्ठले भने, “एस् इग्नाइट नवीनतम आविष्कारहरु गर्न सक्ने क्षमता भएका नेपाली युवाहरुको लागि एउटा इको सिस्टम सिर्जना गर्ने प्रयास हो। यस ह्याकथनमार्फत हामीले वास्तविक संसारका समस्याहरू संग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्लेटफर्म पनि प्रदान गर्न खोजेका छौँ।”
एस् इग्नाइट आइटि, व्यवस्थापन, इन्जिनियरिङ्ग डिजाइनिङ जस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू र उनीहरूको आविष्कारमा केन्द्रित ४८ घन्टे ह्याकाथन हो। यसले एक इकोसिस्टमको परिकल्पना गर्दछ जसले युवाहरूलाई उनीहरूको विचारहरूलाई वास्तविक संसारमा रूपान्तरण गर्नको लागि सहकार्य गर्दै काम गर्न प्रेरित गर्छ।
यस्ता प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन दिनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट उत्कृष्ट नगद पुरस्कारहरूको साथै अन्य आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको संस्थाले जनाएको छ।