एन आई सी एशिया क्यापिटलद्धारा संचालित पहिलो खुलामुखी योजनाको डिभिडेन्ड रिइन्भेष्टेमेन्ट प्लान |
काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” ले इकाईधनीहरुलाई आ.व. २०७८/०७९ मा ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त प्रतिफल वितरण गर्नकोलागि २०७९/०७/१५ गते इकाईधनी दर्ता किताव बन्द गर्ने भएकाे छ ।
एन आई सी एशिया क्यापिटलले खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि डिभिडेन्ड रिइन्भेष्टेमेन्ट प्लान संचालन गरिरहेको छ । उक्त योजनामा सहभागि हुनको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://bit.ly/3Ef0Kvw मा क्लिक गरि रितपुर्वक विवरण भरि उक्त प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइएको छ । उक्त डिभिडेन्ड रिइन्भेष्टेमेन्ट प्लानमा २०७९/०७/३० गतेसम्म आवेदन दिने इकाईधनीहरु मात्र उक्त योजनामा सहभागी हुन सक्नेछन् ।
डिभिडेन्ड रिइन्भेष्टेमेन्ट प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम २०७९/०७/३० गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुनेछ । डिभिडेन्ड रिइन्भेष्टेमेन्ट प्लानमा सहभागि हुनको लागि आवेदन दिएका इकाईधनीहरुले समेत प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागि हुन मिल्ने अन्तिम दिन अर्थात २०७९/०७/३० गते कायम प्रति इकाई खुद सम्पत्ति मुल्यले गणना गर्दा कम्तीमा १०० इकाई खरिद गर्न नपुग्ने भएमा उक्त प्रतिफल बापतको रकम सम्बन्धित इकाईधनीलाई नै वितरण गरिने छ ।