आरम्भ चौतारीको प्रतिसेयर आम्दानीसँगै खुद नाफा पनि घट्यो |
काठमाडौं । आरम्भ चौतारी लघुवित्तको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५५.०५% ले घटेर ६६ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो । यस लघुवित्तको खुद ब्याज आम्दानी २६.३४% र सञ्चालन नाफा ६५.९१% ले घटेपछि खुद नाफामा पनि गिरावट आएको हो ।
यता, खराब कर्जा पनि ०.३३% ले बढेर ४.९५% पुगेको छ । रिजर्भ कोषमा पनि गिरावट आएकोे छ । पहिलो त्रैमासको अन्त्यसम्ममा आरम्भ चौतारीको प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ २४ पैसामा सीमित भएको छ ।
प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिमा भन्दा १३ रुपैयाँ ३७ पैसाले घटेको हो । यसको प्रतिसेयर नेटवर्थ पनि घटेर १३० रुपैयाँ ६६ पैसामा सीमित भएको छ ।