डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, ६ जनाको मृत्यु |

धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ मुत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ। पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ। भुकम्पले घर भत्काउँदा उनीहरुको ज्यान गएको हो।
भुकम्पले सोही वडाका ५ जना घाइते भएको छ।
बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।