‘बिजबजार भव्य उत्सव’ योजनाका मेगा बम्पर विजेताहरू घोषणा |
काठमाडौं । ई–कमर्श कम्पनी बिजबजारले दशैं, तिहार, नेपाल संवत्, ल्होसार, छठ लगायतका चाडलाई लक्षित गर्दै सार्वजनिक गरेका ‘बिजबजार भव्य उत्सव’का विजेता घोषणा गरेको छ ।
उक्त अफरअन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूका लागि विभिन्न क्याटेगोरीका सामान खरीद गर्दा ७८ प्रतिशतसम्म छूटसहित बम्पर उपहार दिने घोषणा गरेको थियो । सोको विजेता घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।
‘सिस्टममा आधारित लक्की ड्रमार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पहिलो बम्पर उपहार एमआई ६५ इञ्च अल्ट्रा फोरके टीभी र एमआई साउण्डबार अविशा शर्माले जितेको कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै दोस्रो बम्पर उपहार रियलमी नाइनप्रो फाइभजी विजेता रचना सापकोटा बनेको कम्पनीको भनाइ छ । तेस्रो बम्पर उपहार सामसुङ सिंगल डोर रेफ्रिजरेटर १९२एल सबिन श्रेष्ठले जितेका छन् ।