आयल निगम पाक्षिक १८ करोड नाफामा, आईओसीले पठायो नयाँ मूल्यसूची |
काठमाडौं । नेपाल आयल निगमलाई १५ दिनमा १८ करोड नाफा रहने भएपनि नेपाल आयाल निगमले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ ।
भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई आगामी पाक्षिक अवधि (१५ दिन) मा १८ करोड नाफामा रहने भएको छ ।
हालै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य तत्काल घटाउन नसकिने बताएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ तोकिएको छ ।