नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको १५.७८% नगद लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) अन्तिम दिन हो । इन्सुरेन्सले लाभांश प्रस्तावसहित मंसिर ८ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि शुक्रबार (कात्तिक १८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा कम्पनीले सेयरधनीलाई १५.७८% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा होटल भिष्वा, बीरगंज, पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।