महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र |
काठमाडौं । निर्वाचन आयोगले कुनै पनि महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार ६१ वटा निर्वाचन क्षेत्रमा कुनै पनि महिला उम्मेदवार प्रत्यक्षतर्फ उठेका छैनन् ।
पुरुषभन्दा बढी महिलाको जनसंख्या भएको नेपालजस्तो देशमा अझै पनि महिला उम्मेदवार प्रत्यक्षतर्फ कम हुनुलाई गम्भीर मुद्दाका रूपमा हेरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।
प्रतिनिधिसभातर्फ महिला उम्मेदवारको प्रतिशत ९.३३ छ । त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा १०.२ प्रतिशत, मधेसमा ७.३५ प्रतिशत, बागमतीमा १२ प्रतिशत, गण्डकीमा १२.३४, लुम्बिनीमा ५.८६ प्रतिशत, कर्णालीमा २.५८ प्रतिशत र सुदूरपश्चिममा ६.७४ प्रतिशत महिला उम्मेदवार रहेका छन् ।
नेपालको संविधानले कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।