समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा गोकर्ण प्रसाद दुवाडी नियुक्त |

काठमाडौं । समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।
वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्सोरेन्समा प्रमुख व्यवस्थापकको रुपमा रही काम गरेका थिए ।
साथै, हालै यस संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेल नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् ।