राष्ट्र उत्थानको खुद नाफा ६९.४६ प्रतिशतले घट्यो |
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशत घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपनि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेको छ भने फि कमिशन तथा डिस्काउन्ट १७.८७ प्रतिशत बढेको छ। यता, कुल सञ्चालन आम्दानी २.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.२५ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ७३ पैसा घटेर ५ रुपैयाँमा ८८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १६१.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत र जगेडा कोष ४२.४० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६.२३ प्रतिशत, निक्षेप, २६.२९ प्रतिशत र कर्जा २६.५९ प्रतिशत बढेको छ।