मल्टीपर्पस फाइनान्सको नाफा धनात्मक |
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा ऋणात्मक रहेको फाइनान्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको खुद नाफा १ लाख ५२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि फाइनान्सको खुद नाफा धनात्मक हुन पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.५८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.३६ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज १९ लाख रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ५ लाख ७८ हजार रुपैयाँ धनात्मक भएको छ। जसका कारण खुद नाफा पनि धनात्मक हुन पुगेको हो।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३७ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.७४ प्रतिशत घटेको छ। फाइनान्सको निक्षेप १८९.६५ प्रतिशत बढेको छ भने कर्जा ८२.८५ प्रतिशत बढेको छ।