इलोन मस्कले गरे ट्विटरका सम्पूर्ण बोर्ड सदस्य बर्खास्त |
काठमाडौं । इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ । सोमबार ‘अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा पेस गरिएका दस्तावेजअनुसार गतहप्ता कम्पनीको अधिग्रहणलाई अन्तिम रूप दिएपछि मस्क ट्विटरको ‘एकल निर्देशक’ बनेका हुन् ।
विद्युतीय कार कम्पनी टेस्लाका सीईओ (प्रमुख कार्यकारी अधिकारी) मस्कले सोमबार यसबारेमा ट्वीट गर्दै यो व्यवस्था ‘अस्थायी’ भएको बताएका छन् । तथापि उनले यसबारे विस्तृत रुपमा खुलाएका छैनन् । अन्तरिक्ष यान कम्पनी स्पेसएक्स र न्यूरोटेक्नोलोजी स्टार्टअप न्युरालिंक पनि चलाउने मस्कले बिहीबार उनको कार्यकाल नै प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकारी नेड सेगलहरुलाई बर्खास्त गरेर सुरु गरेका थिए ।
एसईसीमा प्रस्तुत दस्ताबेज अनुसार मस्कले ट्विटरका सबै असाधारण बन्ड खरिद गर्ने प्रस्ताव पनि गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले उनको व्यक्तिगत सम्पत्ति, लगानी कोष र बैंकबाट ऋण लिएर ट्वीटर किन्ने पैसा जम्मा गरेका थिए ।
एउटा छुट्टै ‘एसईसी फाइलिङ’ले साउदी राजकुमार अलवालिद बिन तलाल ट्विटरको दोस्रो ठूलो सेयरहोल्डर बनेको देखाएको छ । प्रभावशाली सामाजिक सञ्जाललाई मस्कको अधिग्रहणले वाक स्वतन्त्रता र कमजोर समूहलाई अनलाइन गालीगलौजबाट हुने जोखिमबाट जोगाउने कार्यमा सन्तुलनको बारेमा गहन बहस सुरु गरेको छ ।
आफूलाई निरपेक्ष ‘वाक स्वतन्त्रता’का पक्षधर बताउने मस्कले ट्विटरको विगतको मध्यस्थता नीतिको आलोचना गर्दै कम्पनी वामपन्थी विचारसँग नजिक रहेको आरोप लगाउँदै आएका छन् ।
यद्यपि मस्कले प्लेटफर्मको लागि आफ्नो विस्तृत योजना सार्वजनिक गरेका छैनन् ।
विज्ञापनमा मात्र निर्भर रहेको ट्विटरको व्यापार नीतिबाट असन्तुष्ट मस्कले महत्वपूर्ण एकाउन्टमा रहने निलो टिकको लागि मासिक भुक्तानीको व्यवस्था गर्ने संकेत गरेका छन् ।