सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने एमालेको घोषणा |

काठमाडौं । नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत गरिने उल्लेख छ ।
प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने र मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने समेत समेटिएको छ । कलाकर्मी, स्रष्टा, साहित्यकारको हक हित संरक्षण गरिने समेत समेटिएको घोषणा पत्रमा कलाकार, संस्कृतकिर्मी, स्रष्टा, सबै धार्मिक क्षेत्रका अगुवा र समाजसेवीहरूलाई सम्मानित गर्ने समेत एमालेको प्रतिबद्धता छ ।