गगन थापाद्वारा ’भिन्तुना र्याली’को समुद्घाटन तथा समापन (तस्विरसहित) |
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल संवत् ११४३ को अवसरमा जयवागेश्वरी युवा क्लवद्वारा आयोजित भिन्तुना र्यालीको समुद्घाटन तथा समापन गरेका छन् ।
जयवागेश्वरी युवा क्लव परिसरबाट शुभारम्भ भई सिफल, कुटुबहाल, पशुपति मार्ग, चन्द्र विनायक गणेशथान, चावहिल चोक, मित्रपार्क, पशुपति, तिलगंगा, वनकाली इटाटोल हुदैँ जयवागेश्वरी परिसरमा समापन भएको थियो ।
र्यालीको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा रहेका थिए भने, विशेष अतिथिका रूपमा काठमाडौं महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगत लगायत आसन्न निर्वाचनका उम्मेदवार तथा विभिन्न पार्टीका शुभेच्छुकहरू रहेका थिए । र्यालीमा विभिन्न क्लवका अध्यक्ष सहित प्रतिनिधि तथा विभिन्न बाजा समूह सहित स्थानीय बासीहरूको उल्लेख मात्रामा उपस्थिति रहेको थियो ।
भिन्तुना र्याली पश्चात् समापन सत्रमा बोल्दै जयवागेश्वरी युवा क्लबका अध्यक्ष दिलिप वैद्य,“ विभिन्न परिस्थितिका बाबजुद यश वर्ष जयवागेश्वरी युवा क्लबद्वारा आयोजित भिन्तुना र्याली सफलताका साथ समापन गर्न सफल भएकोमा उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै उनले भिन्तुना र्यालीको दिप पशुपति सिर्जनशील युवा क्लबलाई हस्तान्तरण गरिएको बताए ।
जयवागेश्वरी युवा क्लबका अध्यक्ष दिलिप वैद्य सहित प्रमुख अतिथि गगन कुमार थापाले दीप पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोललाई हस्तान्तरण गरेका थिए ।
२०६१ सालदेखि पशुपति सिर्जनशील युवा क्लबबाट शुरूवात भई हालसम्म विभिन्न क्लबहरूले निरन्तर दिदैँ आइरहेको भिन्तुना र्यालीको नेतृत्व यश वर्ष जयवागेश्वरी युवा क्लबले लिएको थियो भने, आगामी वर्ष पशुपति सिर्जनशील युवा क्लबले र्याली आयोजना गर्नेछ ।