हिमालयन बैंकको खुद नाफा ४५ करोड २८ लाख रुपैयाँ |

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा १७.५८% ले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६२.६३% र २१.८७% ले बढेको छ ।
हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २२ पैसा छ ।