इन्फिनिटी लघुवित्तको सञ्चालकमा जोशी नियुक्त, लिए सपथ |

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा महेश्वर प्रसाद जोशी नियुक्त भएक छन् । कम्पनीको असोज ७ गते बसेको समितिको ८५ औं बैठकले स्वतन्त्र सञ्चालकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम जोशीलाई नियुक्त गरेको हो ।
नवनियुक्त स्वतन्त्र सञ्चालकलाई संस्थाका अध्यक्ष बलराम विष्टले आइतबार पद तथा गोपनीयताको सपथ गराए । सपथ ग्रहण कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक, संस्थापकहरुबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।