नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने | नट्सको लगइन र युजर आइडी लिन सूचीकृत कम्पनीलाई आग्रह
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । कार्तिक २७ गते देखि लागू हुने गरी नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने भएको हो ।
नेप्सेमा सूचीकृत संगठित संस्थाहरुलाई नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको छ । नेप्सेले आइतबार सम्पुर्ण सूचीकृत संगठिन संस्थाहरुलाई एक सूचना जारी गर्दै कार्तिक २५ गते भित्र लगइन र युजर आइडी लिन आग्रह गरेको हो ।
नेप्सेमा सूचीकृत सम्पुर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नको लागि सम्पुर्ण सूचीकृत कम्पनीहरुलाइ नेप्सेको नट्स अनिवर्य रहनेछ ।
सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु कार्तिक २७ गतेदेखि नयाँ वेबसाइटमा मात्रै सार्वजनिक हुने र पुरानो वेबसाइट अन्तर्गतमा सम्पुर्ण लगइन र युजर आइडी खारेज हुने नेप्सेले जनाएको छ ।
तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने नेप्सेले चेतावनी दिएको छ ।