नेपाल इन्सुरेन्सको लाभांश घोषणा |
काठमाडौं । नेपाल इन्सुरेन्सले ८.४२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ११ करोड ३ लाख १९ हजार रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ ।
यस्तै, नगदमा ५८ लाख ६ हजार रुपैयाँ खर्च गर्नेछ । अब नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यस कम्पनीले ११% बोनस र ०.५७% नगद लाभांश वितरण गरेको थियो ।