महुली लघुवित्तको नाफा ७८.२७% ले घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा महुली लघुवित्तको खुद नाफा ७८.२७% ले घटेर ५८ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले नाफा प्रभावित भएको हो । गत वर्ष ९० लाख ७४ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष २ करोड ९३ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि घटेको छ । यसले पनि नाफा प्रभावित पार्न सहयोग गरेको हो । सञ्चालन नाफा ७८.६८% ले घटेर ८३ लाख २६ हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी ४.४७% ले घटेको छ ।
असोज मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । गत वर्ष ४१ रुपैयाँ ५४ पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष ८ रुपैयाँ २६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा छ ।