ट्विटरमा ७५% कर्मचारी कटौती गर्ने एलोन मस्कको योजना |
काठमाडौं । एलोन मस्कले ट्विटरका लगभग ७५% कर्मचारी कटौती गर्ने योजना बनाएका छन् । ट्वीटरसँगको वार्ता सफल भएमा मस्कले कम्पनीका कर्मचारीको संख्या घटाएर २ हजारमा सीमित गर्ने योजना बनाएका हुन ।
वाशिङटन पोस्टले यसबारे बिहीबार रिपोर्ट सार्वजनिक गरेको छ । मस्कले आफ्नो सम्झौतामा सो सर्त रहेकाले यसलाई लागू गर्ने भएका हुन् ।
रिपोर्टका अनुसार कम्पनीको स्वामित्व जोसुकै को हातमा गए पनि आगामी महिनाहरूमा रोजगारी कटौती हुने अनुमान गरिएको छ । ट्वीटरको हालको व्यवस्थापनले अर्को वर्षको अन्त्यसम्ममा कम्पनीको पे–रोललाई (तलब) ८० करोड डलरले कम गर्ने योजना बनाएको छ ।
कम्पनीले डाटा सेन्टर लगायतका पूर्वाधारहरू पनि कटौती गर्ने योजना बनाएको छ। मस्कले ट्विटर ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् ।