असोजमा ६१ अर्ब निक्षेप थपियो |

काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुमा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असोज मसान्तसम्म आउँदा ४५ खर्ब ४७ अर्ब पुगेको छ ।
साउनको तुलनामा भदौ महिनामा यस्तो निक्षेप ५३ अर्ब थपिएको थियो । असोज अन्तिम निक्षेपकर्तालाई ब्याज थपिँदा समग्र निक्षेपमा सुधार देखिएको हो । असोजको अन्तिम ३ दिनमा मात्रै २८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
कर्जातर्फ भने असोज महिनामा ३० अर्ब थप भएको छ । वाणिज्य बैंकहरुले भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असोज मसान्तसम्म ४२ खर्ब २० अर्ब कायम भएको छ ।