एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त |

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन्।
गत चैत २० गते सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक निकुञ्ज अग्रवालले राजीनामा दिएपछि बैंकले उनको स्थानमा कैलालीका लम्साललाई नियुक्त गरेको हो।
अग्रवालको राजीनामा आज (कात्तिक २) मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।
सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक नियुक्त लम्साल बसौटी ६, कैलाली स्थायी ठेगाना भइ हाल शान्तिनगर–३१, काठमाडौंका बासिन्दा हुन्।