यातायात विभागले ट्राफिक प्रहरीलाई दियो २०० थान स्मार्ट लाइसेन्स रिडर |
काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई २०० थान स्मार्ट कार्ड रिड गर्ने मेसिन उपलब्ध गराएको छ ।
बुधबार लाइसेन्स रिडर मेसिन दिएको हो । हालसम्म २९ लाख ४५ हजार छपाई भइ वितरण भइसके पनि ट्राफिकसँग रिड गर्ने मेसिन थिएन ।
एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारद्वारा सञ्चालन भएको विभागको सुचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाख १८ हजार ६ सय ९६ बरावरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड प्राप्त भएको हो ।