सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने |
काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले उक्त लाभांश पारितका लागि आगामी पुस २८ गते ४८औं साधारण सभा पनि बोलाएको छ। सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय कमलादी, काठमाडौंमा हुने बताइएको छ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम सेयरधनीले उक्त साधारणसभामा भाग लिन र लाभांश पाउनेछन्।
कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।