महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र ल्याउन बोर्डसँग माग्यो अनुमति |
काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ११% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । बैंकले असोज २७ गते बोर्डमा निवेदन दिएको हो ।