बीवाईडीको एटो थ्री सार्वजनिक, यस्ता छन् विशेषता |

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘एटो थ्री’ सार्वजनिक गरेको छ। यो बीवाईडीको ग्लोबल मोडल हो। ७० देशमा बिक्री भइरहेको एटो थ्री ड्रागनफेस ३.० डिजाइन ल्याब्वेजमा तयार पारिएको छ।
यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ एयरब्यागलगायत विशेषता छन्। यसमा ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकर्डर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ।
त्यस्तै स्पोर्टस थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, कि लेस इन्ट्री, एम्बीयन्ट लाइटलगायत प्रिमियम विशेषता भएको कम्पनीले जनाएको छ। एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक छ। १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्पजस्ता विशेषता एटो थ्रीमा छ।
यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ। नेपालमा उपलब्ध एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ।