एनसीसी बैंकको लाभांश घोषणा |
काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट ११% लाभांश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले ७.६३३% बोनस सेयर र ७.६३३% नगद गरी कुल ११% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनसीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
बैंकले हाल कायम ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।