अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायमै, पछिल्लो दश महिनाको अवधिमानै करिब १३ रुपैयाँले बढ्यो |
काठमाडौं । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको हो ।
अमेरिकि डलरको भाउ विगत करिब १० महिनादेखि नै लगातार बढ्दो क्रममा छ। गत फेब्रुअरीको सुरुवातमा ११९ रुपैयाँको हाराहारी रहेको अमेरिकि डलरको भाउ पछिल्लो दश महिनाको अवधिमानै करिब १३ रुपैयाँले बढेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ।
पछिल्लो समय रुस र युक्रेनको युद्धको कारण अमेरिकि डलरको भाउ आकासिएको थियो। यद्ध चर्किदै जाँदा डलरको भाउले दैनिक नयाँ रेकर्ड बनाउदै आएको थियो भने फेडेरल रिजर्भले महंगि नियन्त्रणको लागि बढाएको ब्याजदरले पनि डलरको भाउ महँगिएको जानकारहरु बताउछन्।
नेपाल राष्ट्र बैंकको अनुसार आइतबार अमेरिकि डलरको भाउ १३२ रुपैयाँ ७ पैसा छ। यो हालसम्मकै उच्च मूल्य हो। नेपालीलिे १ डलर साट्नको लागि अब १३२ रुपैयाँ ७ पैसा खर्च गर्नुपर्ने भएको छ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति वृद्धि हुँदा डलरको माग बढेको छ जस कारण भाउ बढेको हो।